काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई निर्वाचन आयोगले आधिकारिकता नदिए देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले कांग्रेसको सबै शक्ति उतारे वडा र टोलसम्मै आन्दोलन गर्ने बताएका छन् ।
‘विशेष महाधिवेशन पूर्णत: अवैधानिक र विखण्डन ल्याउने थलो हो’, उनले भने, ‘कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेर मात्रै त्यो भेला हुन सक्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि केन्द्रीय कार्यालयले त्यसलाई कार्यान्वयन गर्ने हो । त्यसैले महामन्त्रीहरूले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउन सक्दैनन् ।’
उनले वैशाखका लागि नियमित महाधिवेशन तोकिसकेको अवस्थामा महामनन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक रुपमा भेला गरेर पार्टी फुटाउने काम गरेको पनि जिकिर गरेका छन् ।













प्रतिक्रिया