ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने « Khabarhub

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि यही माघ ३ गते काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले युवालाई ट्राफिक जनचेतना फैलाउनका लागि साङ्गीतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त कार्यक्रममा नेपालका चर्चित गायक जोन चाम्लिङ राईको सहभागिता रहने प्रवक्ता सुवेदीले बताए ।

ट्राफिक कार्यालयले ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ गत पुस २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह भोलि समापन हुँदैछ । ट्राफिक सप्ताहको समापन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख उपस्थितिमा गरिने कार्यक्रम रहेको प्रवक्ता सुवेदीले बताए । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै एक हप्ताभित्र गरेका कामलाई वृत्तचित्रमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्ष भविश्वर शर्माले युवामा ट्राफिक जनचेतना फैलाउनका लागि यस्ता जनचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने बताए । उनले उक्त कार्यक्रममा सहभागी जनाउन ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीलाई आग्रह समेत गररे । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ३१ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य