सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणको विजेता « Khabarhub

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणको विजेता


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड ‘सिजीले आफ्ना साना घरायसी उपकरणहरूका लागि सञ्चालित ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना अन्तर्गत दोस्रो चरणको  विजेता सार्वजनिक गरेको छ ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरण तर्फ दोस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

यस दोस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत रत्ननगर-१, चितवन निवासी अरबिन श्रेष्ठ विजेता बनेका छन् । श्रेष्ठले चितवनको सौराहा चोक, टाँडी स्थित टाँडी गिफ्ट कर्नरबाट सिजी ब्रान्डको ग्यास चुलो खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

योजनाको निरन्तरता र सहभागिता प्रक्रिया : कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। यो योजनामा सहभागी हुन ग्राहकहरूले सिजिको एसडीए उपकरण खरिद गरेपछि सीजीएसडीए [स्पेस] सिरियल नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरेर ३१००३ मा एसएम पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ११ बजे

गगनले आधिकारिकता पाएपछि देउवा पक्ष छुट्टै छलफलमा

काठमाडौं – निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई