रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन आज रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । 

जिल्ला अदालतको भवनमा स्थापना गरिएको उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले एक कार्यक्रमका बीचमा उद्घाटन गरे  ।

आज शान्तिपूर्ण वातावरणमा निर्वाचन, कर्मचारी व्यवस्थापन, सामग्रीको व्यवस्थापन, सवारीसाधन परिचालन र आपसी सहयोगसमेतका विषयमा अन्तर्क्रिया भएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी जिल्ला समन्वय प्रमुखलगायतको उपस्थितिमा उद्घाटन तथा अन्तरक्रिया गरिएको हो ।

रसुवामा ५७ मतदान केन्द्रबाट कुल ४१ हजार ४७१ मतदाताले मतदान गर्ने जनाइएको छ । कार्यक्रममा प्रजिअ राजेश पन्थीले भयरहित वातावरणमा मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणका लागि  पूर्ण रूपमा  सुरक्षा प्रबन्ध मिलाइने जानकारी गराए । रासस
 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको