रसुवा– आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन आज रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अदालतको भवनमा स्थापना गरिएको उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले एक कार्यक्रमका बीचमा उद्घाटन गरे ।
आज शान्तिपूर्ण वातावरणमा निर्वाचन, कर्मचारी व्यवस्थापन, सामग्रीको व्यवस्थापन, सवारीसाधन परिचालन र आपसी सहयोगसमेतका विषयमा अन्तर्क्रिया भएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी जिल्ला समन्वय प्रमुखलगायतको उपस्थितिमा उद्घाटन तथा अन्तरक्रिया गरिएको हो ।
रसुवामा ५७ मतदान केन्द्रबाट कुल ४१ हजार ४७१ मतदाताले मतदान गर्ने जनाइएको छ । कार्यक्रममा प्रजिअ राजेश पन्थीले भयरहित वातावरणमा मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणका लागि पूर्ण रूपमा सुरक्षा प्रबन्ध मिलाइने जानकारी गराए । रासस













प्रतिक्रिया