तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

साविक सामाजिक विकास कार्यालय तनहुँको भवनमा आज मुख्य निर्वाचन अधिकृत एवं तनहुँ क्षेत्र नं १ को कार्यालय र शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले आज उद्घाटन गरे । सो अवसरमा उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको उत्तम विकल्प निर्वाचन रहेको बताउँदै उहाँले ढुक्कसँग निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गरिने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी शिव तिवारीले निर्वाचनमा सुरक्षा प्रबन्ध मजबुद बनाइने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको उल्लेख गरे । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनको आन्तरिक तयारी तीव्र गतिमा अगाडी बढेको बताए ।

मतदान सामग्री, जनशक्ति व्यवस्थापनलगायत तयारी भइरहेको जनाउँदै उहाँले निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तिवारी, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रहरी उपरिक्षक टेकबहादुर कार्कीको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५९ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर