मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे « Khabarhub

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय पछाडि रहेको स्थानीय सन्तोष परियारको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेंडा मरेका छन् । आज बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

परियारको परम्परागत खोरको कच्ची ढोकाको बार तोडेर हिउँचितुवा पसी भेडामाथि आक्रमण गरेको एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार यसबाट परियारलाई करिब रु पाँच लाखको नोक्सान भएको अनुमान छ । एक्याप कार्यालयका अनुसार परियारको यसअघि गत मङ्सिर २६ गते पनि हिउँचितुवाले पशुधनमाथि आक्रमण गर्दा १९ वटा च्याङ्ग्रा मरेका थिए ।

त्यसबाट उनलाई करिब रु छ लाखको नोक्सान भएको थियो । पीडित परियारले २०० बढी भेडाच्याङ्ग्रा पालन गरेको बताउँदै उक्त घटनापछि च्याङ्ग्राको बथानबाट भेडाको बथान छुट्याएर अन्यन्त्र स्थानान्तरण गरिएको जानकारी दिए । सारिएको गोठमा पनि कमजोर पूर्वाधार भएकाले हिउँचितुवा खोरमा पसेर पशुधनमाथि क्षति पुर्‍याएको कार्यालय प्रमुख गुप्ताले बताए ।

घटनापछि एक्यापका कर्मचारी घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान गर्न तथा क्षतिको विवरण सङ्कलन गर्न परियारको खोरमा पुगेका छन् । परियारको खोरमा हिउँचितुवा वा चितुवाले आक्रमण गरेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

करिब ३५ दिनको फरकमा भएका आक्रमणबाट परियारका ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन् । एक्याप कार्यालयले पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम क्षतिपूर्तिको राहत रकम उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

मुस्ताङमा हिउँचितुवासहित अन्य वन्यजन्तु तथा भुस्याहा कुकुरको जोखिमले पशुपालन गरी बसेका किसानले दुःख पाउँदै आएका छन् । पशुधनको सुरक्षित बासस्थानका लागि भरपर्दो पूर्वाधार नहुने भएकाले पशुपालकले सुरक्षित खोर सुधारतर्फ ध्यान दिनुपर्नेमा एक्यापले जोड दिएको छ ।

पछिल्लो समय हिउँचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय पशुपालन व्यवसाय सङ्कटमा पर्दै गएको एक्यापका प्रमुख गुप्ताले बताए । हिउँचितुवा र मानवबीचको सहअस्तित्व निर्माण हुनेगरी दिगो र सुरक्षित संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका उच्च लेकमा घाँसको अभाव हुँदा आहारा प्रजाति बस्तीतर्फ झर्ने र आहारको खोजीमा मानिस तथा घरपालुवा पशुमाथि आक्रमण हुने गरेको एक्यापले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४७ बजे

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको

मतदानका लागि बालकोटस्थित मतदान केन्द्रमा पुगे ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान