गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक « Khabarhub

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको छ।

दोस्रो विशेष महाधिवेशनपछि पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा पुगेसँगै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको छ।

यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्।

खड्काको निर्देशनअनुसार बैठक २०८२ माघ ३ गते शनिबार बिहान ८ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिको आग्रह गरिएको छ।

उता आयोगको निर्णयपछि देउवा समूहभित्रबाटै प्रतिक्रिया आउन थालेका छन्। सोही समूहमा रहेका नेता डा। चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्माको केन्द्रीय समितिलाई सार्वजनिक रूपमा बधाई तथा शुभकामना दिएका छन्।

भण्डारीले फेसबुकमार्फत “नयाँ घर शुभ रहोस्, सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्” भन्दै नयाँ नेतृत्वलाई समावेशी, सौहार्दपूर्ण र जिम्मेवार राजनीतिक अभ्यासतर्फ अघि बढ्न आग्रह गरेका छन्।

अहंकार कमजोर बन्दै जानुपर्ने र अन्ततः सबै एक ठाउँमा हिँड्नुपर्ने इतिहासको पाठ पनि उनले स्मरण गराएका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ३९ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच