गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक « Khabarhub

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको छ।

दोस्रो विशेष महाधिवेशनपछि पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा पुगेसँगै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको छ।

यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्।

खड्काको निर्देशनअनुसार बैठक २०८२ माघ ३ गते शनिबार बिहान ८ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिको आग्रह गरिएको छ।

उता आयोगको निर्णयपछि देउवा समूहभित्रबाटै प्रतिक्रिया आउन थालेका छन्। सोही समूहमा रहेका नेता डा। चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्माको केन्द्रीय समितिलाई सार्वजनिक रूपमा बधाई तथा शुभकामना दिएका छन्।

भण्डारीले फेसबुकमार्फत “नयाँ घर शुभ रहोस्, सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्” भन्दै नयाँ नेतृत्वलाई समावेशी, सौहार्दपूर्ण र जिम्मेवार राजनीतिक अभ्यासतर्फ अघि बढ्न आग्रह गरेका छन्।

अहंकार कमजोर बन्दै जानुपर्ने र अन्ततः सबै एक ठाउँमा हिँड्नुपर्ने इतिहासको पाठ पनि उनले स्मरण गराएका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ३९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको