चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’ « Khabarhub

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी फागुन ४ गते सोमबार आफ्नै निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा पुग्ने भएका छन्।

मतदातासँगको सम्बन्धलाई थप सुदृढ बनाउन र स्थानीय समस्याबारे जानकारी लिन उनले ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्न लागेका हुन्।

​पार्टीले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार सभापति लामिछानेको दौडाहा बिहानैदेखि साँझसम्म चल्नेछ। कार्यक्रमको सुरुवात बिहान ८ बजे कालिका नगरपालिका वडा नम्बर १ बाट हुनेछ। त्यसलगत्तै उनी कालिका-३ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ७ मा पुग्ने तालिका रहेको छ।

​भरतपुरका वडामा विशेष केन्द्रित
दिनभरिको कार्यतालिका अनुसार लामिछानेले भरतपुर महानगरपालिकाका धेरैजसो वडाहरूमा समय खर्चिनेछन्। बिहान ११ बजे भरतपुर-११ बाट सुरु हुने उनको यात्रा क्रमशः वडा नं. १२, १०, १, २, ३, ४, ५ र ६ हुँदै अघि बढ्नेछ।

​यो विशेष अभियानको समापन साँझ ४:४५ बजे वडा नम्बर ७ मा पुगेर हुने रास्वपाले जनाएको छ। निर्वाचनपछि पनि जनप्रतिनिधि र जनताबीचको दूरी कम गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीयले आफ्ना समस्या, सुझाव र गुनासा सिधै सभापति लामिछानेसँग राख्न पाउनेछन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ४० बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि