विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै  « Khabarhub

विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै 


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारेको छ ।

प्राधिकरणले संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउने तयारी गरेको हो ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसाथ गर्ने नवीन अवधारणासहित ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउन लागेको प्राधिकरणले जानकारी दिएको छ ।

उक्त सोचलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ ‘ह्याकाथन इभेन्ट- २०८२’ गरेको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘एआईलाई जटिल र टाढाको प्रविधि होइन आवश्यक परेका बेला सम्झिने र सहयोग लिने साथी बनाउनुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम अघि बढाएका हौँ,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘एई साथी’ नाम आफैँमा एक आकर्षक र जनमैत्री अवधारणा हो ।

यसले प्रविधिलाई जटिल नभई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य हामीले राखेका छौँ । संस्थाको ‘सहयोगी साथी’का रुपमा ‘एई साथी’ले सेवाग्राही आवश्यक सेवामा सहयोग गर्ने छ ।’

उनले सेवाग्राहीले ‘एई साथी’ भनी बोलाउने र ग्राहकहरुलाई आवश्यक पर्ने विभिन्न जानकारी तथा सहयोगका लागि प्रयोग गर्ने संस्कार क्रमशः विकास हुँदै जाने विश्वास प्राधिकरणले लिएको पनि जानकारी दिए । एआईलाई केवल प्रविधि नभई सहकार्य गर्ने साथीका रूपमा स्थापित गर्ने दीर्घकालीन सोचका साथ यो अवधारणामा समेटिएको प्राधिकरणले जानकारी दिएको छ ।

‘एआई’लाई संस्थागत रूपमा आत्मसाथ गर्ने उद्देश्यले सुरु गरिएको ‘ह्याकाथन’ मा संस्थाभित्रकै कर्मचारीहरूबाट २७ वटा प्रस्तावका विषयमा प्रस्तुत भएको र ती प्रस्तावहरू ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरण लगायतका विषयमा केन्द्रित रहेको प्राधिकरणले जानकारी दिएको छ ।

‘ह्याकाथन’ मार्फत प्राप्त प्रस्तावहरूको प्रस्तुतिकरणपछि विस्तृत मूल्याङ्कन गरिने र मूल्याङ्कनको प्रक्रियाबाट उत्कृष्ट तथा व्यवहारिक अवधारणाहरू छनोट गरी तिनलाई क्रमशः कार्यान्वयनमा लैजाने तयारी गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दीर्घकालीन रणनीतिका साथ ‘एई साथी’ को अवधारणा विकास गरिएको भन्दै यो पहललाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा सेवा सुधारतर्फको महत्वपूर्ण सुरुवातका रूपमा अघि बढाएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १० : ५६ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको