‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित « Khabarhub

‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’को व्यापार ८ करोड ३१ लाख पुगको छ ।

चलचित्र विकास बोर्डले साप्ताहित ब्रिफिङबाट सोमबार दिएको जानकारीअनुसार माघ १६ देखि फागुन २ गतेसम्म यो फिल्मले उक्त व्यापार गरेको हो ।

यो फिल्मका लागि तीन लाख १० हजारभन्दा बढी टिकट खरिद-बिक्री भएको बोर्डले जनाएको छ ।

पारिवारिक कथामा बनेको यो फिल्मका नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त हुन् ।

यो पनि : पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

त्यस्तै, माघ २३ बाट प्रदर्शनमा आएका प्रदर्शनमा आएका दुई लभस्टोरी फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ हेर्न दर्शकहरु कम संख्यामा हलमा पुगेको देखिन्छ ।

‘कुमारी’भन्दा ‘रमिताको पिरती’ले दर्शकबाट कम साथ पाएको छ ।

बोर्डका अनुसार दिनेश राउत निर्देशित ‘कुमारी’का लागि १७ हजार टिकट बिक्री भएको छ । फागुन २ गतेसम्म यो फिल्मको ग्रस कलेक्सन ५६ लाख मात्रै पुगेको छ ।

सुदिप्ता निर्देशित ‘रमिताको पिरती’को ग्रस कलेक्सन १९ लाख ४३ हजार मात्रै छ । यो फिल्म हेर्न ५ हजार ९३६ वटा टिकट बिक्री भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : ०४ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)