‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित « Khabarhub

‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’को व्यापार ८ करोड ३१ लाख पुगको छ ।

चलचित्र विकास बोर्डले साप्ताहित ब्रिफिङबाट सोमबार दिएको जानकारीअनुसार माघ १६ देखि फागुन २ गतेसम्म यो फिल्मले उक्त व्यापार गरेको हो ।

यो फिल्मका लागि तीन लाख १० हजारभन्दा बढी टिकट खरिद-बिक्री भएको बोर्डले जनाएको छ ।

पारिवारिक कथामा बनेको यो फिल्मका नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त हुन् ।

यो पनि : पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

त्यस्तै, माघ २३ बाट प्रदर्शनमा आएका प्रदर्शनमा आएका दुई लभस्टोरी फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ हेर्न दर्शकहरु कम संख्यामा हलमा पुगेको देखिन्छ ।

‘कुमारी’भन्दा ‘रमिताको पिरती’ले दर्शकबाट कम साथ पाएको छ ।

बोर्डका अनुसार दिनेश राउत निर्देशित ‘कुमारी’का लागि १७ हजार टिकट बिक्री भएको छ । फागुन २ गतेसम्म यो फिल्मको ग्रस कलेक्सन ५६ लाख मात्रै पुगेको छ ।

सुदिप्ता निर्देशित ‘रमिताको पिरती’को ग्रस कलेक्सन १९ लाख ४३ हजार मात्रै छ । यो फिल्म हेर्न ५ हजार ९३६ वटा टिकट बिक्री भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : ०४ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको