मत सर्वेक्षणसम्बन्धी समाचारप्रति रेनुको आपत्ति, सेतोपाटीलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र « Khabarhub

मत सर्वेक्षणसम्बन्धी समाचारप्रति रेनुको आपत्ति, सेतोपाटीलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले मत सर्वेक्षणको नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू घरदैलो अभियानमा व्यस्त रहेको र जनताबाट पाएको माया, विश्वास र समर्थनले उत्साहित बनाएको उल्लेख गरेकी छन्।

भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गरेको अनुभव स्मरण गर्दै उनले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै आधारमा जनसमर्थन पाएको दाबी गरेकी छन्।

निर्वाचनमा जित र हार दुवैलाई सहर्ष स्वीकार गर्ने बताउँदै उनले मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने आत्मविश्वास पनि व्यक्त गरेकी छन्।

यस्तै, केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षणका नाममा भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने उल्लेख गर्दै कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेकी छन्।

उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन्।

यसबीच, अनलाइन सञ्चारमाध्यम सेतोपाटीले चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी हुने र रेनु दाहाल दोस्रो हुने आशयको समाचार प्रकाशन गरेपछि निर्वाचन आयोगले त्यसबारे कारबाही प्रक्रिया अघि बढाएको छ।

निर्वाचन आयोग, नेपाल ले सोमबार प्रेस काउन्सिल नेपाल लाई पत्राचार गर्दै आवश्यक कारबाही गर्न अनुरोध गरेको हो।

आयोगका अनुसार आइतबार र सोमबार लगातार सामाजिक सञ्जालमा प्रकाशित उक्त समाचार निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (त) र दफा २५ (१) (ख) विपरीत देखिएको छ।

आयोगले उम्मेदवारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न, परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको उल्लेख गर्दै त्यही आधारमा प्रेस काउन्सिललाई आवश्यक निर्णय गर्न भनेको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ५८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर