जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा « Khabarhub

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार श्रीनिवास यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका यादव सोमबार एमालेमा प्रवेश गरेकाा हुन् । यादवलाई सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल र गुमादेवी आचार्यसहितले स्वागत गरे ।

‘…प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी आजका मितिसम्म म श्रीनिवास यादव रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका अधिकांश घरघरमा पनि पुगेको छु’, उनले वक्तव्यमा भनेका छन्, ‘यस क्रममा मतदाताको मनोभावनाको मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्ति रहेको स्वीकार्दै जसपा नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : १३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म