निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ « Khabarhub

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी छन् । 

सामुदायिक रेडियो प्रसारक संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूले सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी हुन् ।

उनले निर्वाचन तयारीका सन्दर्भमा सुरक्षा लगायतको जानकारी लिँदा सहज रुपमा मतदान गर्न सक्ने अवस्थाका बारेमा पनि सूचनाहरू संकलन भइरहेको उल्लेख गरिन् । 

फागुन २१ को निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्त तीव्र गतिमा तयारी भइसकेको उनले बताइन् ।

मन्त्री श्रेष्ठले वर्तमान सरकारको प्रमुख म्याण्डेड निर्वाचन भएकाले निष्पक्ष, स्वच्छ, स्वतन्त्रता, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको रहेको धारणा राखिन् । 

मन्त्री श्रेष्ठले आगामी हरेक निर्वाचनमा महिलाको न्यून प्रतिनिधित्व हुने गरेको भन्दै आगामी दिनमा राजनीतिक दलहरू यसमा ध्यान दिनुपर्ने र निर्वाचन आयोगले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ३ : ३५ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना