राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु « Khabarhub

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिताअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको पुरुष तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–० गोलले पराजित गरेको छ ।

त्यस्तै सोमबार नै भएको महिला तर्फको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै महिलातर्फको अर्को खेलमा मधेशले कोशीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमशः रुपैयाँ ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ । 

त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई जनही रुपैयाँ ५ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच लाई रुपैयाँ २ हजार नगद पुरस्कार दिइने बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ३ : ४६ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको