जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ « Khabarhub

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ का ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेपलान्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का २७ वर्षीय भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का २० वर्षीय अनिस मगर तथा भारत घर भएका २६ वर्षीय रोशन साह रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “काठमाडौँस्थित कारागारहरूमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका निज कैदीबन्दीहरू गत भदौ २४ गते कारागारबाट फरार रहेकामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खोजतलास गर्ने क्रममा पक्राउ गरी सम्बन्धित कारागार कार्यालय दाखिला गरिएको छ ।”

पक्राउ परेकाहरूमा तेन्जिङबहादुर तामाङ डाँका चोरी, प्रितम गुरुङ चोरी, बबिता तामाङ मानव बेचबिखन तथा ओसारपसार, विक्रम नेपाली नकवजनि चोरी, भुवन तामाङ लागुऔषध, अनिस मगर ज्यान मार्ने उद्योग तथा रोशन साह लागुऔषधको कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : ३२ बजे

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु