फेरि पक्राउ परे दुर्गा प्रसाईं « Khabarhub

फेरि पक्राउ परे दुर्गा प्रसाईं


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको हो ।

प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : ५६ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले