स्वरोजगारका लागि सीपमूलक तालिम « Khabarhub

स्वरोजगारका लागि सीपमूलक तालिम


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।

आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरेको हो ।

कार्यक्रमअन्तर्गत काष्ठकला सम्बन्धी २०, ग्यास चुलो मर्मत सम्बन्धी २०, गुन्द्री बनाउने २०, खेलौना बनाउने १३, अटो ड्राइभिङ २०, दुना–टपरी बनाउने २० र फुट मसाज (सुत्केरी स्याहार) सम्बन्धी २० जनाले तालिम लिएका छन् ।

तालिम लिएका व्यक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री पनि अनुदानमा उपलब्ध गराइएको कार्यक्रमका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीले बताए ।

‘तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर लक्षित समूहका व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘तालिम लिएका मध्ये धेरैजना स्वरोजगारमा संलग्न भई व्यवसायिक गतिविधि सञ्चालन गरिरहेका छन् ।’ तालिम लिएकामध्ये ३९ जनाले आफ्नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

दुना–टपरी बनाउने तालिम लिएकी सरिता चौधरीले तालिमपछि दुना–टपरी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी गर्न थालेको बताइन् । तालिम लिएर आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गरेका जगतबहादुर सिंहले गार्मेन्ट व्यवसाय विस्तार गर्न तालिमले सहयोग पुगेको बताए ।

तालिम लिनेमा १८ वर्ष देखि ५५ वर्ष समूहका छन् । जसमा धेरैजसो महिला छन् । नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । (रासस)

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ५४ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले