नवलपरासी कारागारका १८० कैदी अझै फरार « Khabarhub

नवलपरासी कारागारका १८० कैदी अझै फरार


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । 

गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदी भागेका थिए । जसमध्ये ३६२ जना नवलपरासी कारागारमा फर्किए भने चार जना अन्य कारागारमा फर्किएर बसेको कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण आर्यालले बताए । 

केही कैदीबन्दी आफै फर्केर आए पनि केहीलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो । तीमध्ये १५० पुरुष र ३० जना महिला कारागारमा हाजिर नभएर फरार नै रहेको उनले भने ।

कारागारलाई आफ्नो नियन्त्रणमा लिएर भागेका कैदीलाई कारागार प्रशासनले सूचना जारी गर्दै समयमा नै पुनः कारागार फर्किनका लागि सूचना जारी गरेको थियो । 

कैदी कारागारबाट भाग्नुभन्दा पहिला नवलपरासी कारागारमा ५७५ जना कैदी रहेका थिए । तीमध्ये ४१ जना विदेशी (भारतीय) कैदी थिए । 

भारतीय कैदीबन्दीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरी कारागार बुझाए पनि ३८ जना अझै फरार नै रहेका छन् । फरार कैदीबन्दीलाई खोजतलास गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीरदत्त पन्तले बताए ।
 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १२ : १४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत