होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प « Khabarhub

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी देशहरूले युद्धपोत पठाए वा नपठाए पनि त्यसलाई अमेरिका ‘सम्झिरहने’ बताएका छन्।

आइतबार ‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त मार्गको सुरक्षा अमेरिका लामो समयदेखि सम्हाल्दै आएको बताएका हुन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज क्षेत्रमा युद्धपोत पठाएर सुरक्षा व्यवस्थामा सहभागी हुन आग्रह गरेका थिए।

ट्रम्पले अमेरिका स्वयंलाई होर्मुजको मार्ग त्यति आवश्यक नभए पनि विश्वका धेरै देशका लागि यो अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि यो जलडमरू मार्ग प्रमुख मानिन्छ।

उनले हाल युद्ध समाप्त भइसकेको र इरान को सैन्य क्षमता कमजोर भएको दाबी गर्दै यस्तो अवस्थामा अन्य देशहरू पनि सुरक्षामा सहभागी हुनु उपयुक्त हुने बताए।

ट्रम्पले करिब दुई साताअघि  युनाइटेड किङडमका प्रधानमन्त्रीले आफ्ना दुई विमानवाहक पोत होर्मुज पठाउन हिचकिचाएको प्रसंग पनि उल्लेख गरे। उनका अनुसार अमेरिका युद्धमा अग्रसर भएर स्थिति नियन्त्रणमा ल्याएपछि मात्रै बेलायतले जहाज पठाउन चाहेको जनाएको थियो।

‘जब हामीले युद्ध सुरु गर्दै थियौँ, त्यस बेला मलाई उनीहरूको सहयोग आवश्यक थियो,’ ट्रम्पले भने, ‘तर अहिले युद्ध जितिसकेपछि उनीहरूको आवश्यकता छैन। सहयोग मिले वा नमिले पनि हामी त्यसलाई सम्झिरहनेछौँ।’

ट्रम्पको यो अभिव्यक्तिले होर्मुज क्षेत्रको सुरक्षामा अन्तर्राष्ट्रिय सहयोगबारे नयाँ बहस सुरु हुने संकेत गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १ : ४२ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना