डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही « Khabarhub

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि कारबाही गरेको छ।

काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले डा. गुप्तालाई ‘प्रोबेशन’ मा राख्ने निर्णय गरेको हो। काउन्सिलका रजिस्ट्रार सतिसकुमार देवका अनुसार प्रोबेशन अवधिमा डा. गुप्ताले अन्य चिकित्सकको निगरानीमा रहेर मात्रै काम गर्न पाउनेछन्।

शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले उक्त निर्णय गरेको जनाएको छ।

बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुगेका थिए। अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न भनेका थिए।

सोही दिन शल्यक्रिया गरी पित्तथैली निकालिएको र परीक्षणका लागि पठाइएको जानकारी दिइएको भए पनि रिपोर्ट उपलब्ध गराइएको थिएन। शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले उनलाई अन्य अस्पतालमा लगेको थियो। त्यहाँ गरिएको परीक्षणमा पित्तथैलीको पर्याप्त जाँच नगरी शल्यक्रिया गरिएको र भित्री अंगमा क्यान्सर फैलिएको चिकित्सकहरूले बताएका थिए।

उपचारकै क्रममा सुरेशको ३२ साउन २०८१ मा मृत्यु भएको थियो। परिवारले प्रभु हस्पिटलमा कार्यरत डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काउन्सिलले चिकित्सकहरूसँग प्रत्यक्ष बयान लिई विषयविज्ञको रायपछि कारबाहीको निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  २ : ३८ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।