पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान « Khabarhub

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा मनोनीत भएकी भूमिका श्रेष्ठलाई कलम उपहारसहित सम्मान गरेको छ ।

सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनीत श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवाज सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । उनले समुदायका मुद्दा उठाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताइन् ।

सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले लामो संघर्षपछि समुदायको प्रतिनिधित्व संसदसम्म पुगेको भन्दै यसले नयाँ आशा जगाएको बताइन् ।

त्यस्तै, सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले सांसद श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरू खारेज गर्न पहल गर्न सुझाव दिइन् ।

भूमिका श्रेष्ठ ट्रान्सजेन्डर महिलाको रूपमा पहिलोपटक संसदमा प्रतिनिधित्व गर्न लागेको बताइएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : ४६ बजे

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई