अर्थसंक्षेप : ८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता, सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो, आठ महिनामा बागमतीको १७ प्रतिशत खर्च र २६ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : ८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता, सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो, आठ महिनामा बागमतीको १७ प्रतिशत खर्च र २६ अंकले घट्यो नेप्से


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हो ।

चालु आर्थिक वर्षको सुरुवात २०८२ साउन १ मा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म आइपुग्दा यसमा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थप वृद्धि भएको कार्यालयले जनाएको हो ।

कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१६ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब १८ करोड १० लाख र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत अर्थात् १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आन्तरिक ऋण २२.०७ प्रतिशत र बाह्य ऋण २५.०६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ४६ करोड ७२ लाख रुपैयाँ अर्थात् ५०.४४ प्रतिशत प्राप्त भएको छ ।

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिनाको अवधिमा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२-८३ को साउनदेखि फागुनसम्ममा कुल बजेटको २२ दशमलव ३१ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सुरज पौडेलका अनुसार चालु आव २०८२-८३ को आठ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ ३० दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ १७ दशमलव १२ प्रतिशत बजेट खर्च गरेको छ ।

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार कति ?

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

पौने ४ करोडको भ्रष्टाचार मुद्दामा कांग्रेस पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी मागियो

साँगामा यसरी बन्दैछ अण्डरपास

करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

अहिले यो सडक दुई लेनको रहेको छ । यही सडक खण्डको साँगा उकालोमा अण्डरपास निर्माण भइरहेको छ ।

आयोजनाका अनुसार अण्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ ।

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : १९ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको