रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस « Khabarhub

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट सोमबार हेर्दाहेर्दैमा परेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले रविविरुद्धका दुई जटिल मुद्दा फिर्ता लिन गरेको निर्णयविरुद्धको रिटमा आइतबारदेखि सुनुवाइ जारी छ ।

लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र कानुनका विद्यार्थीले छुट्टाछुट्टै मुद्दा हालेका थिए ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरू शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासमा निरन्तर बहस भएपछि मंगलबारसम्मलाई हेर्दा हेर्दैमा राखिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ३६ बजे

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान