६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना « Khabarhub

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ६ हजार भन्दा धेरै ग्यास भण्डारण गरेको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार सोमबार गरिएको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि स्थित उद्योगको गोदाममा १४.२ केजीका ६ हजार ३ सय ७७ ग्यास सिलिण्डर भण्डारण गरिएको अवस्थामा भेटिएको थियो। उक्त कार्य ग्यासको कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले गरिएको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ खण्ड (छ) विपरीत भएको विभागले जनाएको छ।

सोही ऐनको दफा ३९ को उपदफा (१) खण्ड (ख) बमोजिम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । साथै गोदाममा मौज्दात रहेको ग्यास सिलिण्डरलाई नेपाल आयल निगमको समन्वयमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

विभागले ग्यासको माग उच्च रहेको वर्तमान परिस्थितिमा आपूर्तिमा असर पर्ने गरी कृतिम अभाव सिर्जना नगर्न सबै ग्यास उत्पादक उद्योग र वितरकलाई आग्रह गरेको छ । यस्तै, ७.१ केजी ग्यास वितरणको नीति लागू भएसँगै बजारमा ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको विभागले जनाएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : ३८ बजे

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको