आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार । वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सानो कुराले मनमा खटपटी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । आफन्तबाट धोका हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव बढ्नेछ । हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

वृष : दिन सामान्य छ । मनको कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ । मन प्रशन्न हुनेछ । विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ । सामाजिक सेवाको अवसर जुट्नेछ ।

कर्कट : दिन सहज छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारमा घुमघामको तय हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ ।

सिंह : दिन सामान्य छ । साना कुरामा घमण्ड बढ्नेछ । काम गर्दा सचेत हुनुपर्ने दिन छ । साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । कसैसँगको संयुक्त लगानीमा गरेको कामबाट लाभ हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारले भने तपाईंको आलोचना गर्नेछन् ।

कन्या : दिन राम्रो छ । तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । शत्रु परास्त हुनेछन् । शिक्षामा थप मिहिनेत गर्नु उचित हुनेछ । मनमा उत्साह बढ्नेछ ।

तुला : दिन सामान्य छ । अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षाको तयारीमा भए मिहिनेत गर्नुपर्ने देखिन्छ । उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ ।

वृश्चिक : दिन सहज छ । रोगबाट मुक्त हुने दिन हो । विपक्षीलाई सानो ठानेमा घाटा हुने छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

धनु : अनावश्यक विषयमा आरोपको सामना गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ । आफन्तबाट धोका हुने जोखिम छ । घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ ।

मकर : हरेक काममा जोगिएर काम गर्नु उचित हुनेछ । साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ । साथीभाइसँग अविश्वास बढ्नसक्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नु उचित हुनेछ ।

कुम्भ : दिन सामान्य छ । राजनीतिक संगठनमा थप मिहिनेत गर्नु उचित होला । शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ । परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ । हरेक काममा मिहिनेतको खाँचो देखिन्छ ।

मीन : दिन राम्रो छ । सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ । दैनिक काम सहजै बन्नेछन् । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ५ : २७ बजे

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत