रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा « Khabarhub

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने घट्न थालेको छ । उपचारका लागि देशभरबाट बिरामी आउने चितवनमा रगतको माग र आपूर्तिबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार जिल्लामा दैनिक १५० युनिटसम्म रगतको माग हुने गरेको छ । तर, सङ्कलनको अवस्था भने निराशाजनक छ । चालु आर्थिक वर्षको फागुनसम्ममा १६९ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ११ हजार ५३२ युनिट र केन्द्रमा सिधै आएका दाताबाट ३ हजार १८१ युनिट मात्र रगत सङ्कलन भएको छ ।

तथ्याङ्क अनुसार केन्द्रमा आएर रक्तदान गर्नेहरूको सङ्ख्या क्रमिक रूपमा घट्दो छ । आव २०८०/८१ मा केन्द्रमा ६ हजार ९२० युनिट रगत सङ्कलन भएकोमा गत आव २०८१/८२ मा त्यो सङ्ख्या घटेर ४ हजार ६४० मा खुम्चिएको थियो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार युवा जनशक्ति वैदेशिक रोजगारीमा जानु र उमेर बढ्दै गएका दातामा उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्या देखिनुले दाताको सङ्ख्या घटेको हो । “दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन भएको छ,” उनले भने, “माग धान्न छिमेकी जिल्लाहरूबाट समेत रगत ल्याउने गरिएको छ ।”

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले १४ भन्दा बढी जिल्लाबाट रगत ल्याउँदा समेत अपुग हुने गरेको बताए । यहाँ रहेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र अन्य निजी अस्पतालका कारण काठमाडौँपछि सबैभन्दा बढी रगतको माग चितवनमै हुने गर्दछ ।

ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रेडक्रसले व्यवस्थापकीय सुधार र सङ्घसंस्थासँग समन्वय बढाए सङ्कलन वृद्धि हुने सुझाव दिएका छन् । यस्तै, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारीले नयाँ रक्तदातालाई आकर्षित गर्न विद्यालय र क्याम्पसका पाठ्यक्रममा रक्तदानको महत्त्व समेट्नुपर्ने र राज्यका तर्फबाट सहुलियत दिनुपर्ने बताए ।

अहिले क्यान्सरका बिरामी र दुर्घटनाका घाइतेहरूको चापका कारण चितवनमा रगतको माग र आपूर्तिको खाडल गहिरिँदै गएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : २७ बजे

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा