युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरू समेत रहेका छन् ।

युद्धरत पक्षका अनुसार युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्य पछि पुनः आक्रमण भएको हो ।

दक्षिणी युक्रेनी बन्दरगाह शहर ओडिसामा भएको मिसाइल तथा ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले टेलिग्राम मार्फत जनाएका छन् । 

राजधानी किएभमा भएको आक्रमणमा १२ वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको सहरका मेयर भिटाली क्लिट्स्कोले बताएका हुन् ।युक्रेनको आपतकालीन सेवाले विस्फोटले भवन र कारहरूमा आगलागी हुनुका साथै क्षति पुगेको जनाएका छन् ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा तीन जनाको मृत्यु भएको क्षेत्रीय प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले टेलिग्राम मार्फत बताए । आक्रमणका क्रममा रूसी पक्षका, दुई बच्चाहरूको मृत्यु भएको गभर्नर भेनियामिन कोन्ड्रातयेभले बताए । 

युक्रेनमा रूसले रातारात गरेको आक्रमण अघि राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो । किएभमा भएको आक्रमणमा कम्तीमा ४५ जना घाइते भएको उल्लेख गर्दै घाइतेहरूमा आधिकांश चिकित्सकहरू रहेको मेयर क्लिट्स्कोले बताए ।

युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको ड्रोन आक्रमणमा एक महिला र एक पुरुष घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले टेलिग्राम मार्फत बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १ : ४९ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली