युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरू समेत रहेका छन् ।

युद्धरत पक्षका अनुसार युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्य पछि पुनः आक्रमण भएको हो ।

दक्षिणी युक्रेनी बन्दरगाह शहर ओडिसामा भएको मिसाइल तथा ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले टेलिग्राम मार्फत जनाएका छन् । 

राजधानी किएभमा भएको आक्रमणमा १२ वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको सहरका मेयर भिटाली क्लिट्स्कोले बताएका हुन् ।युक्रेनको आपतकालीन सेवाले विस्फोटले भवन र कारहरूमा आगलागी हुनुका साथै क्षति पुगेको जनाएका छन् ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा तीन जनाको मृत्यु भएको क्षेत्रीय प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले टेलिग्राम मार्फत बताए । आक्रमणका क्रममा रूसी पक्षका, दुई बच्चाहरूको मृत्यु भएको गभर्नर भेनियामिन कोन्ड्रातयेभले बताए । 

युक्रेनमा रूसले रातारात गरेको आक्रमण अघि राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो । किएभमा भएको आक्रमणमा कम्तीमा ४५ जना घाइते भएको उल्लेख गर्दै घाइतेहरूमा आधिकांश चिकित्सकहरू रहेको मेयर क्लिट्स्कोले बताए ।

युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको ड्रोन आक्रमणमा एक महिला र एक पुरुष घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले टेलिग्राम मार्फत बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ४९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६