महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति  « Khabarhub

महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति 


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद आकृति अवस्थीलाई महिला तथा सामाजिक मामिला समितिको सभापतिको जिम्मेवारी दिने भएको छ । समानुपातिक सूचीबाट प्रतिनिधिसभामा पुगेकी अवस्थीलाई पार्टीले उक्त जिम्मेवारी दिने भएको हो।

अवस्थी जेन-जी आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थीकी दिदी हुन्। उनी डडेलधुराको अमरगढी नगरपालिका निवासी हुन् र महिला शिक्षा, स्वास्थ्य तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।

यसअघि २०७९ सालको निर्वाचनपछि उक्त समितिको सभापतिमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी नियुक्त भएकी थिइन्।

रास्वपाले पछिल्लो समय संसदीय समितिहरूमा आफ्ना सांसदहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने क्रमलाई तीव्र बनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : ०९ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली