संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने « Khabarhub

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी महामन्त्री कवीन्द्र बुढाकोटीका अनुसार श्रेष्ठसँगै प्रतिपक्षी दलबाट पनि संयुक्त रुपमा एकजना सभापति बन्ने देखिन्छ ।

पार्टीले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिँदा यो संसदीय सुनुवाइ समितिको सभापतिमा आफ्नो पार्टी र प्रतिपक्षी दलबाट संयुक्त रूपमा अगाडि बढाएको देखिन्छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्कीलाई चयन गरेको छ । कार्कीसँगै यो समिति सभापति प्रतिपक्षीलाई दिइने भएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार संयुक्तरूपमा कार्की र प्रतिपक्षी दलका समिति सभापति रहनेछन् ।

पार्टीले दुईवटा समितिमा संयुक्त रूपमा आफ्नो पार्टी र प्रमुख प्रतिपक्षीबाट संसदीय समितिको सभापति बनाउन लागेको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समितिको सभापति दिँदा संसदीय सुनवाइ समिति र अनुगमन तथा मूल्याङ्कन समितिको सभापति संयुक्त कसलाई दिन्छ भन्ने विषयमा भने खुलाएको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : ३६ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली