सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता « Khabarhub

सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्काले मनोनयन दर्ता गराएका छन् । पार्टीले समितिको सभापति बनाउने निर्णय गरेसँगै उनले मनोनयन दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षीलाई सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी दिने भएपछि नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेका छन् ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले यसबारे निर्णय भएको जानकारी दिएका छन् ।

२०७९ को निर्वाचनपछि नेकपा एमालेबाट ऋषिकेश पोखरेल सार्वजनिक लेखा समिति सभापति थिए।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्दा सत्तापक्षलाई लेखा समिति सभापति दिएको भन्दै आलोचना हुने गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : १५ बजे

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख