सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता « Khabarhub

सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्काले मनोनयन दर्ता गराएका छन् । पार्टीले समितिको सभापति बनाउने निर्णय गरेसँगै उनले मनोनयन दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षीलाई सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी दिने भएपछि नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेका छन् ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले यसबारे निर्णय भएको जानकारी दिएका छन् ।

२०७९ को निर्वाचनपछि नेकपा एमालेबाट ऋषिकेश पोखरेल सार्वजनिक लेखा समिति सभापति थिए।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्दा सत्तापक्षलाई लेखा समिति सभापति दिएको भन्दै आलोचना हुने गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : १५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली