रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर « Khabarhub

रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारी तथा सांसदहरूबाट मासिक लेबी उठाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका विभिन्न तहका जनप्रतिनिधि र स्वकीय सचिवहरूको लेबी दर निर्धारण गरेको हो ।

निर्णयअनुसार मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५०० रुपैयाँ र मन्त्री तथा सांसदका स्वकीय सचिव (पीए)हरूले २ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ ।

पार्टीका संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यो रकम पार्टीको संगठन सुदृढीकरण, चुनावी तयारी तथा अन्य आन्तरिक गतिविधिमा प्रयोग गरिनेछ । रास्वपा हाल संघीय सरकारमा सहभागी छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : २५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली