गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता « Khabarhub

गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेता बनाएको हो ।

२०७९ र २०८२ फागुन २१ गतेको निर्वाचनमा पराजुली काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका थिए । रास्वपा दलको नेतामा अहिले वालेन्द्र शाह छन् ।

पराजुली रास्वपामा सभापति रवि लामिछाने पक्षका मानिन्छन् । खोटाङका उनी संसद्मा प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

को को नियुक्त भए ?

संसदीय दलको उपनेता : सांसद गणेश पराजुली
संसदीय दलको मुख्य सचेतक : सांसद कविन्द्र बुर्लाकोटी
सचेतकहरु: सांसद प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धिताल

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ४१ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको