लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी « Khabarhub

लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् ।  

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्  । 

खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन्  । मनोनयन दर्तापछि कांग्रेस सांसद खड्काले सबै दलबीच लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय भइसकेकाले कसैको जित हारको विषय नभई सर्वसम्मत रुपमा सभापति चयन हुने विश्वास व्यक्त गरे ।

यसअघि रास्वपा संसदीय दलको बैठकले पनि लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको थियो भने एमाले र नेकपाले पनि कांग्रेसलाई नै समर्थन गर्ने निर्णय गरेको थियो । सबैको समर्थन प्राप्त भएसँग लेखा समितिको सभापतिमा खड्का चयन हुने निश्चित भएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : ४४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली