कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए « Khabarhub

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तानसेन– यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । 

बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् ।

बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

उनीहरु मंगलबार नयाँवर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरूको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरी शव फेला पारेको प्रनाउ चौधरीले बताए।  

बस्याल चन्द्र मावि चापपानीमा प्राविधिक शिक्षातर्फ शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । मृतक दुवै एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङ गाउँ अहिले शोकमा डुबेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : ०३ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको