एमालेका युवा-विद्यार्थीको निष्कर्ष : भदौको घटनामा नेतृत्वले माफी माग्नुपर्छ, अब पार्टी यसरी चल्दैन « Khabarhub

एमालेका युवा-विद्यार्थीको निष्कर्ष : भदौको घटनामा नेतृत्वले माफी माग्नुपर्छ, अब पार्टी यसरी चल्दैन


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला समितिले वर्तमान नेतृत्वका कारण पार्टी अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ।

ललितपुरमा बसेको आठौं पूर्ण बैठकले पार्टीको वर्तमान नेतृत्वले भदौ २३ र २४ गतेका घटनाको यथार्थपरक विश्लेषण गर्दै आत्मालोचना गर्नुपर्ने माग गरेको छ ।

बैठकले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको पार्टी नेतृत्वले भदौ २३ र २४ गतेका घटनाको यथार्थपरक विश्लेषण गरी माफी माग्नुपर्छ । यही नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन ।’

प्रतिवेदनमा पार्टी नेतृत्व तथा कार्यकर्ताहरूबीच देखिएको दूरी घटाउन नयाँ योजनासहित जनतासँग जोडिनुपर्ने पनि उल्लेख गरिएको छ।

त्यसैगरी उक्त प्रतिवेदनमा विगतमा सरकारमा हुँदा गरिएका राम्रा कामको व्यापक प्रचार गर्नुपर्ने, नेतृत्वमा देखिएको गम्भीर सांस्कृतिक तथा नैतिक विचलनमा कारबाही गर्नुपर्ने लगायतका २० भन्दा बढी बुँदाहरू समेटिएका छन् ।

मुख्य सुझाव तथा आलोचना :

एमाले नेतृत्वले कार्यकर्तालाई विश्वासमा लिएर काम गर्न नसकेको
एमाले नेतृत्व र कार्यकर्ताबीचको दूरी बढ्दा पार्टी कमजोर भएको
जिम्मेवारी तोक्दा योग्यता र क्षमताको आधारमा तय गरिनुपर्ने
व्यक्तिगत आस्था वा कुनै विशेष नेताप्रतिको निष्ठाका आधारमा भेदभाव गर्न नहुने
केन्द्रका केही नेतामाथि भ्रष्टाचार, हत्या, यातना जस्ता गम्भीर आरोप लागे पनि पार्टीले कारबाही गर्न नसकेको
११औं महाधिवेशनमा प्रतिनिधि छनोट व्यक्तिगत इच्छाअनुसार गरिएको, अब लोकतान्त्रिक अभ्यासको पालना गर्नुपर्ने
पार्टी केन्द्रले सामाजिक तथा राजनीतिक विश्लेषण गर्न नसकेको
संगठनात्मक संरचना पुरानो र अक्षम भएको भन्दै सुधार गर्नुपर्ने

उक्त बैठकले ‘पानीको मुहान सफा गर्नुपर्छ, तर मुहान सफा गर्न कोही अघि बढ्दैन’ भन्ने सांकेतिक अभिव्यक्तिमार्फत् पार्टीको शीर्ष नेतृत्वदेखि तल्लो तहसम्म आत्मालोचना र सुधारको आवश्यकता औंल्याएको छ ।

‘पानीको मुहान फोहोर छ भने हामी धारो सफा पानीको अपेक्षा गरिरहेका छौं । मुहान सफा गर्न नलाग्ने हो भने हामीमाथि आक्रमण हुनु स्वाभाविक हो,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : २२ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली