राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने « Khabarhub

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ।

पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा बैठकको मिति तय गर्ने काम अघि बढाइरहेको जनाएको छ।

बैठक आगामी वैशाखको दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। राप्रपाले फागुन २१ को निर्वाचनमा अन्य पुराना दलजस्तै धक्का खाएको छ। उसका अध्यक्षसहित अधिकांश नेता पराजित भए । प्रत्यक्षतर्फ जुम्लाबाट ज्ञानबहादुर शाहीले मात्रै जिते ।

समीक्षा बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ।

पार्टी केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशस्तरीय समीक्षा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय पदाधिकारीहरू पनि सहभागी हुनेछन्।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बैठकमार्फत निर्वाचनको समग्र समीक्षा र आगामी रणनीति तय गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : ३६ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल