राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने « Khabarhub

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ।

पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा बैठकको मिति तय गर्ने काम अघि बढाइरहेको जनाएको छ।

बैठक आगामी वैशाखको दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। राप्रपाले फागुन २१ को निर्वाचनमा अन्य पुराना दलजस्तै धक्का खाएको छ। उसका अध्यक्षसहित अधिकांश नेता पराजित भए । प्रत्यक्षतर्फ जुम्लाबाट ज्ञानबहादुर शाहीले मात्रै जिते ।

समीक्षा बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ।

पार्टी केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशस्तरीय समीक्षा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय पदाधिकारीहरू पनि सहभागी हुनेछन्।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बैठकमार्फत निर्वाचनको समग्र समीक्षा र आगामी रणनीति तय गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : ३६ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल