धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल  « Khabarhub

धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल 


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन् । समाजको तेस्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । 

उत्तरी धादिङस्थित गंगाजमुना गाउँपालिका–७ गलनेका स्थायी बासिन्दा दाहाल सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन् ।

दाहाल रेष्टुरेण्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली संघ (एनआरएनए)  बेल्जियमको महासचिव र नेपाली व्यावसायिक संघ बेल्जियमका उपाध्यक्षको भूमिकामा पनि छन् । 

समाजको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दहाल र रमेश अधिकारी, महासचिव तेज अर्याल चयन भएका छन् । यस्तै सचिवहरूमा कविता सिम्खडा र रन्जना सिंखडा, कोषाध्यक्षमा गोपाल तमाङ, सह–कोषाध्यक्ष दीपकचन्द्र भट्ट छन् । 

कार्यक्रममा बेल्जियमका लागि आवासीय नेपाली राजदूत सेवा लम्साल, गैरआवासीय नेपाली संघ (एनआरएनए) की उप–महासचिव अनुजा प्रधान, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष दय लोकेन्द्र नेपाल, कमल पन्थी, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने र नेपाली व्यावसायिक संघका महासचिव काशी दनाई लगायत नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

अध्यक्ष दाहालले समाजले आगामी दिनमा बेल्जियममा रहेका धादिङेली समुदायबीच एकता, सहयोग तथा सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ५ : ११ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा