धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल  « Khabarhub

धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल 


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन् । समाजको तेस्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । 

उत्तरी धादिङस्थित गंगाजमुना गाउँपालिका–७ गलनेका स्थायी बासिन्दा दाहाल सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन् ।

दाहाल रेष्टुरेण्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली संघ (एनआरएनए)  बेल्जियमको महासचिव र नेपाली व्यावसायिक संघ बेल्जियमका उपाध्यक्षको भूमिकामा पनि छन् । 

समाजको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दहाल र रमेश अधिकारी, महासचिव तेज अर्याल चयन भएका छन् । यस्तै सचिवहरूमा कविता सिम्खडा र रन्जना सिंखडा, कोषाध्यक्षमा गोपाल तमाङ, सह–कोषाध्यक्ष दीपकचन्द्र भट्ट छन् । 

कार्यक्रममा बेल्जियमका लागि आवासीय नेपाली राजदूत सेवा लम्साल, गैरआवासीय नेपाली संघ (एनआरएनए) की उप–महासचिव अनुजा प्रधान, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष दय लोकेन्द्र नेपाल, कमल पन्थी, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने र नेपाली व्यावसायिक संघका महासचिव काशी दनाई लगायत नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

अध्यक्ष दाहालले समाजले आगामी दिनमा बेल्जियममा रहेका धादिङेली समुदायबीच एकता, सहयोग तथा सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ५ : ११ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको