सञ्चारमन्त्री र एडीबी नेपाल निर्देशकबीच भेट, डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल « Khabarhub

सञ्चारमन्त्री र एडीबी नेपाल निर्देशकबीच भेट, डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र एसियाली विकास बैंक (एडीबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र एडीबीबीच डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

छलफलका क्रममा ‘नेपालः डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरणबारे विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।

एडीबीका नेपाल निर्देशक कोस्वाले परियोजनाको सफल कार्यान्वयनका लागि सरकारी निकायबीच समन्वय, नीतिगत स्पष्टता र प्रक्रियागत सरलता आवश्यक रहेको उल्लेख गर्दै सरकारसँग थप सक्रिय सहकार्यको अपेक्षा व्यक्त गरे । उनले निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई एडीबीको प्राथमिकतामा राखिएको बताए ।

कोस्वाले डिजिटल अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई डिजिटल रूपान्तरणसँग जोड्न सके उल्लेखनीय आर्थिक तथा सामाजिक लाभ हासिल गर्न सकिने धारणा राखे ।

उनले साइबर सुरक्षा, डाटा सुरक्षा, क्लाउड नीति तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता क्षेत्रलाई नेपालको डिजिटल भविष्यका आधारस्तम्भका रूपमा उल्लेख गर्दै समयमै नीति निर्माण र लगानी आवश्यक रहेको बताए ।

भेटवार्तामा सञ्चारमन्त्री तिमिल्सिनाले एडिबीले नेपाललाई दिँदै आएको आर्थिक तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै विकास आयोजनाहरूलाई छिटो, प्रभावकारी र नतिजामुखी रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता दोहोर्‍याए ।

उनले सूचना प्रविधि पूर्वाधार विकासमा देखिएका समस्यालाई स्वीकार गर्दै अब सरकारले फरक ढङ्गले काम गर्ने स्पष्ट पारे । डिजिटल पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले यस क्षेत्रमा ठोस सुधार र लगानी बढाइने बताए ।

मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार मात्र नभई शासन प्रणाली सुधार, सेवा प्रवाहमा सहजता र पारदर्शिता अभिवृद्धिको माध्यमका रूपमा अघि बढाइने बताए । सरकारी सेवा डिजिटल माध्यमबाट प्रभावकारी बनाउने लक्ष्यसहित नीति सुधार, पूर्वाधार विस्तार र जनशक्ति विकासमा सरकार केन्द्रित हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ५ : १६ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि