मुख्यमन्त्री-प्रधानमन्त्री भेट : तीनै तहको सरकारबीच समन्वयबारे छलफल « Khabarhub

मुख्यमन्त्री-प्रधानमन्त्री भेट : तीनै तहको सरकारबीच समन्वयबारे छलफल


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्  ।  

बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए । 

स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए । 

तीन तहको सरकारको समन्वय, सहकार्य र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री शाहसँग छलफल भएको उनले बताए । उनले प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरव आयोजनाहरूको निर्माण कार्यमा समस्या देखिएको लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत उल्लेख गरे ।

त्यसैगरि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले जानकारी लिएको बताए ।

उनले संविधानले नै प्रदेशलाई अधिकार तोके पनि पछिल्लो समय संघीय सरकारका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको उल्लेख गरे । 

विकास निर्माण, प्रशासनिक क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अवगत गराइएको उनको भनाइ छ । बैठकमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरू भने व्यक्तिगत कारणले अनुपस्थित थिए ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयासका रुपमा मुख्यमन्त्रीहरूसँग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ६ : ०४ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६