टोखामा धूमधामसँग मनाइयो बिस्का : जात्रा « Khabarhub

टोखामा धूमधामसँग मनाइयो बिस्का : जात्रा


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिङ्गो उठाउने/ढाल्ने र सिन्दूर जात्रा मुख्य आर्कषणको रुपमा लिइन्छ । 

यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ ।

टोखामा प्राचिनकालमा टोखामा एक भिल्मो नामक राजाले राज्य चलाउँथे । भिल्मो राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु (पुजारी) थियो । 

किंवदन्ती अनुसार एक दिन श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् । पुजारी पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनु पर्नेमा आत्तिएर आफ्नै मुखमा हाली छिन् ।

 त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिको लागि बिस्का जात्रा सुरु गरेको किंवदन्ती रहेको छ ।

आठ रात नौ दिन मनाइने जात्रामा बिहीबार विधिपूर्वक पूजाआजा गरी सिंगारिएको गणेश, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको खत सरस्वती चौरस्थित नारायण पोखरीमा स्नान गराएका छन् । टोखावासीले गहना खोज्ने अर्थमा लिने यसलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । जात्राको रौनक हेर्न घुइँचो लागेको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ६ : १६ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक