सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट « Khabarhub

सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन् ।

सभामुख अर्याललाई अध्यक्ष वन्तले पदभार सम्हालेकामा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराए। उनले विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल गरिदिन आग्रह गरे। 

सभामुख अर्यालले हाल संसद् बैठक अस्थायी संरचनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे। नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाउँदै उनले निकट भविष्यमै नयाँ भवनमा बैठक सुरु गर्ने योजना रहेको उनले बताए। 

फोटो पत्रकारहरूको पेसागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे। 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ६ : ४३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम