अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज « Khabarhub

अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब १४ लाख फलोअर भएको श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज सस्पेन्डमा परेको छ।

हर्कले अर्को फेसबुक पेजबाट लाइभमा आएर आफ्नो पेजमा अत्यधिक रिपोर्ट परेर सस्पेन्डमा परेको बताएका छन् । दार्चुलामा पुल निर्माण र धरानमा जेष्ठ नागरिक पार्कको लागि सहयोग अभियान चलाइरहेका बेला फेसबुक पेज नै सस्पेन्डमा परेको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक फेसबुक पेज बिनास्पष्ट कारण निलम्बन गरिएको दाबी गर्दै यसप्रति आपत्ति जनाएका छन्। साम्पाङले आफूले जनताको आवाज उठाउँदै आएको र त्यसकै कारण पेजमाथि धेरै रिपोर्ट गरेर निलम्बन गरिएको बताएका छन् ।

उनले फेसबुक व्यवस्थापनसँग पेज पुनः सञ्चालनमा ल्याउन आग्रह गर्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न अपिल गरेका छन्। आफ्ना समर्थकहरूलाई वैकल्पिक माध्यमबाट सूचना प्रवाह जारी राख्न पनि उनले बताएका छन्।

साम्पाङको फेसबुक पेज निलम्बन हुनुको आधिकारिक कारण भने सार्वजनिक भइसकेको छैन। उनका सहयोगी समिर तामाङले पनि अत्यधिक रिपोर्ट परेकाले पेज सस्पेन्ड भएको बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ०४ बजे

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख