प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर « Khabarhub

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका हुन् । 

संसदीय सुनुवाइ समितिमा सदस्य रञ्जु न्यौपानेको स्थानमा सांसद पुनमकुमारी अग्रवाल र सांसद चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा रहनेगरी हेरफेर भएको छ । 

सांसद राम लामा र सांसद गणेश कार्की राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हेरफेर भएका छन् ।

त्यस्तै, सांसदहरू दीपकराज बोहरा र बब्लु गुप्ता अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्यव्यवस्था तथा सुशासन समिति, सांसदहरू रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा हेरफेर भएका छन् । 

सांसद हरिप्रसाद भुसाल अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सांसद चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हेरफेर भएका छन् । 

अधिवेशन प्रारम्भ भएपछि सहमतिका लागि प्रस्ताव गर्ने गरी सभामुख अर्यालले समिति सदस्यको हेरफेर गरेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए । 
 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ७ : ०२ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल