पूर्वऊर्जामन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « Khabarhub

पूर्वऊर्जामन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न बिहीबार आदेश दिएको छ । 

सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

यसअघि नै खड्काको तर्फबाट श्रमति बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो । 

वालेन्द्र शाह नेतृत्वको सरकारले संखुवासभाका खड्कालाई सम्पत्ति शुद्धीकरण कसूर पक्राउ गरी हिरासतमा राखेको थियो ।

सर्वोच्चले यही बुधबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको थियो । उक्त मुद्दामा बधुबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो ।

सर्वोच्चले उक्त मुद्दाको आज बिहीबारको लागि तोकेर थुनामुक्त गर्न आदेश दिएको हो । नेता खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले जेन-जी आन्दोलनको क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा अनुसन्धान गरिरहेको छ ।

बुधबार मात्रै सर्वोच्चले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल बुझाउन आदेश दिएको थियो। 

विभागले पक्राउ गरे उनलाई अनुसन्धान प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले त्यो फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिएको थियो ।

सर्वोच्चले पूर्वनजिरलाई टेकेर खड्कालाई लगाइएको अभियोगमा मिलापत्र हुनसक्ने पनि भनेको छ। खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार मध्याह्न १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ०८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको