मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै « Khabarhub

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री अर्थात् ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ ।

वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् ।

नयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रुपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।

सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा व्रतालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् ।

व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने भोलिदेखि अधिकमास सुरु हुने हुँदा भोलिको सूर्योदय हुनुअगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताए ।

सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ गरिन्छ ।

साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ । प्राचीन पर्व संस्कृतिको जगेर्नासँगै यो पर्व आपसी भेटघाट र सँगसाथ खुलेर कुराकानी गर्ने अवसर पनि भएको बर्दिबास–९ पशुपतिनगरकी दुलारी ठाकुर बताउँछन् ।

मिथिलामा केही दशक पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन् । पर्वले सांस्कृतिक एकता र परम्पराको जगेर्नाको सन्देश दिने उनको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १० : ०१ बजे

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले