‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’  « Khabarhub

‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’ 


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लेबनानमा जारी इजरायली आक्रमणका बीच इजरायल र लेबनान आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएका छन् । अमेरिकी विदेश विभागले उक्त जानकारी दिएको हो ।

अमेरिकी विदेश विभागका प्रवक्ता टमी पिगोटले वासिङ्टनमा सम्पन्न शान्ति वार्ता फलदायी भएको बताउँदै आगामी जुन २ र ३ मा राजनीतिक वार्ता जारी रहने जानकारी दिए । साथै, मे २९ मा पेन्टागनमा ‘सुरक्षा ट्रयाक’ सुरु हुने र त्यसमा इजरायल तथा लेबनानका अधिकारी सहभागी हुने जनाइएको छ ।

प्रवक्ता पिगटका अनुसार छलफलले दुई देशबीच स्थायी शान्ति स्थापना, एकअर्काको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको सम्मान र साझा सीमामा प्रभावकारी सुरक्षा सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको छ ।

इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्धविराम प्रयासलाई तीव्र बनाइएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि इजरायली आक्रमणमा हालसम्म दुई हजार ९५१ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि जारी शान्ति वार्ताकै बीच हिजबुल्लाहले बुधबार दक्षिणी लेबनानस्थित इजरायली सैन्य केन्द्र र सवारी साधनलाई लक्षित गर्दै १७ वटा सैन्य अपरेशन गरेको इरानी मिडियाले जनाएको छ ।

ती अपरेशनमा आठ ड्रोन आक्रमण, पाँच क्षेप्यास्त्र वा रकेट आक्रमण, एक तोपखाना आक्रमण र एक निर्देशित क्षेप्यास्त्र प्रहार समावेश रहेको बताइएको छ ।

यसैबीच इजरायल रक्षा बल  (आईडीएफ) ले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दक्षिणी लेबनानमा आफ्ना सैनिक तैनाथ क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्यतर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  २ : ५३ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा