वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन « Khabarhub

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको छ ।

भन्सार विभागले यस अवधिमा कार्यालयलाई रु दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व संकलन सन्तोषजनक रहेको बताए। उनका अनुसार यहाँ राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् । 

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ ।

कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो । 

यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । यस्तै, वैशाखमा २१ अर्ब ७४ करोड राजस्व संकलन गरिएको सूचना अधिकारी विष्टले बताए । 
 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ३ : ४१ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको