हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु « Khabarhub

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । अल–हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।

प्यालेष्टिनी सशस्त्र इस्लामिक लडाकू समूह ९हमास०ले पनि अल–हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाहरूले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेताहरू र लडाकू कमान्डरहरूलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् ।

शुक्रबार सेनाले गाजामा अल–हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उनको मृत्यु भएको पुष्टि शनिबार गरेको हो । सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, ‘इजरायली रक्षा बल ९आइडिएफ० र इजरायली सुरक्षा निकाय (आइएसए)ले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल–हद्दादको मृत्यु भएको छ।’

हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन् । ‘हमासका एक वरिष्ठ अधिकारी (सिनियर कमान्डर)ले भने, ‘गाजा शहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल–हद्दादले शाहदत प्राप्त गर्नुभएको छ ।’

हमासको सशस्त्र शाखाका एक अर्का सदस्यले उहाँको मृत्युको पुष्टि गरेका छन् । हमास निकट स्रोतका अनुसार, हद्दाद, उहाँकी श्रीमती र एक छोरीसहितको इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

एएफपीका तस्वीरहरूमा शोकाकुल व्यक्तिहरूले हमासको झन्डाले बेरिएको हद्दादको शवलाई भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ। इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डरमध्ये एक भएको बताएको छ ।

युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउहरू सार्ने व्यवस्था गर्ने काममा पनि हद्दाद संलग्न रहेको बताइएको छ । ‘हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकहरूलाई ढाल बनाएर पटक–पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,’ विज्ञप्तिमा भनिएको छ।

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्वपूर्ण उपलब्धि’ भनेका छन्। ‘मैले फिर्ता भएका बन्धकहरूसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल–हद्दादको नाम आउने गरेको थियो,’ जमिरले भने।

उनले भने, ‘आज हामी अल–हद्दादलाई हटाउन सफल भयौँ । आइडिएफले शत्रुहरूलाई पछ्याउने कामलाई जारी राख्नेछ, उनीहरूलाई आक्रमण गर्नेछ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउनेछ।’ इजरायलले अक्टोबर ७ को आक्रमणको प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताहरूको युद्धको क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ८ : २९ बजे

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा